३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनालाई स्थायी रोजगारी दिने भएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनाको लागि रोजगार दिने भएको हो ।

आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ । बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी दिन लागेको हो । रोजगारीका लागि असार १० गतेदेखि आवेदन दिन सकिने छ ।

आवेदन अनलाइनबाट नै दिन सकिने छ । आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ । चौथो र पाँचौ तहका लागि आवेदन दिन ५०० र ६ देखि ९ तहसम्मका लागि ७०० रुपैयाँ लाग्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?