१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

२ करोड ३३ लाख बढीको लागुऔषध सहित दर्जन जना नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले अवैध लागुऔषध कारोवार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ।व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि असार ७ गतेसम्म गरिएको अपरेशनका क्रममा लागुऔषध कारोवार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

व्युरोले गत जेष्ठ २८ गते काठमाडौंको सिनामंगलमा भारत घर भएका हेमन्त कुमार भगतलाई खैरो हिरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारवाही गर्दा बायाँ खुट्टामा गोली लागी उपचार भइरहेको र उनीसँग सोधपुछ गर्दा भारत घर भइ धरान बस्ने राम भजन भन्ने शंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै करिब ७ किलो लागुऔषध चरेशसहित इस्तानबुल जान लागेका एकजना जर्मन नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। सोही क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकरसहित ५ लाई पक्राउ गरिएको बताए।

ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ परेका छन्।कागजमा टास्ने स्टीकरको स्वरुपमा एलएसडी बरामद गरिएको छ।

त्यस्तै अनुसन्धानका क्रममा अवैध लागुऔषधसहित विभिन्न तीनजनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ। पक्राउ परेकाहरुबाट बरामद अवैध लागुऔषधको अवैध बजार मूल्य २ करोड ३३ लाख भन्दा बढि रहेको पनि व्युरोले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?