स्थापना दिवसको अवसरमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने

कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवसको अवसरमा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। रासपा प्रवास नेपाली सम्पर्क विभाग जापानले चितवन जिल्लाको भरतपुर ५ आनन्दपुरमा स्थित प्रहरी नागरिक अभियान नेपाल संस्थामा रहेका ३१ जना बालबालिकालाई शैक्षिक सामग्री ,युनिफर्म ,जुत्ता , खेलकुद सामग्री तथा फोहर व्यवस्थापन सामाग्री वितरण गर्नेभएको हो।

संस्थामा रहेका ३१ जना बालबालिकालाई प्रहरी नागरिक अभियान नेपाल संस्थाले अभिभाकत्व गरिरहेको र संस्थाको आर्थिक अवस्था नाजुक भएको कारण संस्थामा रहेका बालबालिकाको समस्यालाई अवलोकन गरेर आवश्यक शैक्षिक सामग्री सहयोग गर्न लागिएको प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति दिलेन्द्र जोशीले बताउनुभयो। 

साथै रासपा स्थापना दिवसकै अवसरमा जापानमा रहेका सम्पूर्ण नेपालीहरूको विचार आत्मसाथ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको धारणा र सुझाव सल्लाहलाई ग्रहण गर्ने उद्देश्यले ओपन अनलाइन बैठकको आव्हान गरि समाजमा सकारात्मक भावना र सकारात्मक सन्देश प्रवाह गर्ने गरि अनलाइन मार्फत प्रवास आवाज कार्यक्रम समेत आयोजना गर्ने प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति जोशीले जानकारी दिएका छन्।

उक्त प्रवास आवाज कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापान केन्द्रिय समिति तथा क्षेत्रीय समितिहरू सबैको सहकार्यमा व्यवस्थापन गरिने जोशीले बताउनुभयो। क्षेत्रीय समिति कान्तो, क्षेत्रीय समिति कान्साई क्षेत्रीय समिति सेन्दाई लगायत राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक ३०० जना भन्दा बढी सङ्ख्यामा बिभिन्न ठाउँमा भेटघाट गरि पार्टी प्रतिको चिन्तनमाथि छलफल गर्ने तयारी भैरहेको  क्षेत्रीय समितिका सभापतिहरूले बताएका छन्।

उक्त कार्यक्रम मिति २०२३-६-२२ तारिख साँझ १९ बजे बाट २२ बजे सम्म गरिनेछ। स्थापना दिवसको उपलक्ष्यमा प्रवास आवाज कार्यक्रम अन्तर्गत सबैले देखेका राष्ट्रिय स्वतन्त्र पार्टीको १ वर्ष भन्ने विषय वस्तुमा सबैको बिचार ,सुझाव सल्लाह लिने दिने कार्यक्रम तय गरिएको प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति जोशीले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?