नागरिकता ऐन कार्यान्वयन हुने भएपछि माइतीघरमा खुसीयाली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐन कार्यान्वयन हुने भएपछि नागरिकता पीडितले खुसीयाली मनाएका छन् । सर्वोच्च अदालतले बिहीबार नयाँ नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुला गरिदिएको छ। लगत्तै नागरिकता पीडित संघर्ष समितिले काठमाडौंको माइतीघरमा जम्मा भएर खुशियाली मनाएकाे हाे ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर, उक्त विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा गत जेठ २२ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि जन्मसिद्ध नागरिकका सन्तानले माइतीघर केन्द्रित आन्दोलन गर्दै आएका थिए ।

बिहीबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश दिएको हो । यससँगै अब जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले नागरिकता पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?