१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बालेन शाहविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाडौं,६ असार । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । सिनेमा हल व्यवसायीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् ।

हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने काठमाडां महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै उनीहरुले आज मुद्दा दर्ता गराएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट काठमाडौं महानगरभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् । ‘आदिपुरुष’ भने वितरकले देशभरका हलबाट उतारिसकेका छन् ।

बालेनको यही निर्णयको विरोध गर्दै आजमात्रै काठमाडौं महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् ।

राजीनामामा रेशुले लेखेकी छन्,‘दुर्भाग्यपूर्णरुपमा,केही ताजा कदम,निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशिनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घर परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’ रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेको हुनसक्ने अनुमान गरिएको छ ।

आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको उनी विरुद्धमामा थिइन् । उनका श्रीमान भास्कर ढुंगाना नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् । उनै ढुंगाना लगायतको टिम बालेनविरुद्ध अदामलत जाने तयारीमा जुटेपछि रेशुले राजीनामा दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?