काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी सहित सम्पूर्ण पार्टीपङ्ति धान रोपाइँमा जुटेका छन् । महासचिव विप्लव सी लगायत सम्पूर्णनेताकार्यकर्ताहरु बुधबार बिहान ललितपुर खुमलटारको करिब ५ रोपनी जग्गामा धान रोपाइँ माजुटेका हुन् ।
नेकपा उपत्यका ब्युरोको सहयोगमा गरिएको उक्त रोपाइँ महासचिव विप्लव सीले धान रोप्दै सुरुवात गरेका थिए । नेकपाको नवौ महाधिवेशनले आफ्नै उत्पादनबाट सिंगो पार्टीपङ्तिलाइ आत्मानिर्भर बनाउन आफ्नै उत्पादन गर्ने,पार्टीका नेता-कार्यकर्ताहरुमा श्रम संस्कृतीको विकाश गराउने उद्देश्य अनुरुप सम्पूर्ण जिल्ला,ब्युरो विभिन्न जनवर्गीय संगठनहरुलाई परिचालनगरि नेकपाले देशैभर आफ्नै उत्पादन सुरु गरेको छ,यही अभियान अन्तर्गत वर्षायाममा उत्पादन हुने धान रोपाइँको सुरुवात ललितपुरबाट गरिएको हो ।
नेकपाले उत्पादन प्रक्रियाको दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ । पहिलो वर्ष पार्टीलाई आफ्नै उत्पादनमा आत्मानिर्भर बनाइ पार्टी चलाउनकै लागी चन्दा माग्नुपर्ने नेताकार्यकर्ताहरुले २ छाक खानैका लागी दलालहरुसंग हात फैलाउनुपर्ने परिपाटीको अन्त्य गर्ने। दोश्रो वर्ष बिस्तारै आफ्नो उत्पादन बजार पठाउन सुरु गर्ने र ५ वर्षभित्र ४ हजार बिगाहा जमिनमा आफ्नै उत्पादन गरि नेपालमा आफ्नो एकाधिकार जमाइरहेको भारत लगाएत बिभिन्न छिमेकी देशहरुबाट आएका उत्पादनहरुलाई बिस्थापित गरि नेकपाले गरेको अर्गानिक बिसाधिमुक्त उत्पादन नेपाली जनताहरुलाई सुलभ मुल्यमा बिक्रिगरि उनीहरुको एकाधिकार तोड्ने निती लिएको छ ।
बिचौलीयाहरुका कारण किशानहरुले गरेको उत्पादनको उचित मूल्य नपाएर सडकमा फाल्नु पर्ने,उत्पादनमा लगाएको खर्च चुर्लुम्मै डुबेर आत्माहत्या गर्नुपर्ने स्थिति सिर्जना भएको भन्दै त्यसको अन्त्यका लागी सम्पूर्ण व्यवसायीहरुको उत्पादनको उचित मूल्य दिलाउन संघर्ष गर्ने र माछापालन व्यवसायी लगाएत सम्पूर्ण व्यवसायीहरुलाई उत्पादनमा प्रोत्साहन गर्न महत्वपुर्ण भूमिका खेल्ने समेत नीति लिएको छ।
यहि कुरालाई मध्यनजर गर्दै नेकपाको केन्द्रिय समितिको बैठकले वर्षे धान उत्पादनका लागी आफ्ना सम्पूर्ण नेताकार्यकर्ताहरुलाई असार १० गतेदेखी ३० गतेसम्म धान उत्पादनमा लाग्न पार्टीका अन्य सम्पूर्ण गतिबिधी छोडेर उत्पादन बिदा दिने निर्णय समेत गरेको छ। पार्टीको केन्द्रिय योजना अनुरुप बुधबार महासचिव विप्लव सीको उपस्थितिमा ललितपुरको हरिसिद्धीबाट नेकपाले धान रोपाइको सुरुवात गरेको छ। यो प्रक्रिया साउनसम्म निरन्तर चल्ने स्रोतले जानाकारी दिएको छ।
उक्त धान नेकपाका महासचिव विप्लव सी,स्थायी समिति सदस्य उमा सी,उपत्यका ब्यूरो इन्चार्ज कृतिलागायत पार्टीका केन्द्रिय सदस्यलगायत दर्जनौ नेता कार्यकर्ताको सहभागिता रहेको छ । भिडियो सहित














