सुदूरपश्चिमका कानुनमन्त्री सिंह चढेको गाडी दुर्घटनामा

बझाङ, ५ असार : धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह सहित पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

मन्त्री सहित पाँच जना सवार गाडी आज दिउसो करीव अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटनामा भएको थियो । गाडीमा मन्त्री सिंह र उनकी पत्नी सहित पाँच जना सवार थिए । गाडी सडकबाट तल खसेर क्षतिग्रस्त भएका कारण मन्त्री सिंह सहित पाँचै जना गम्भीर रुपमा घाईते भएका हुन् ।

प्रहरीका अनुसार घाईते पाँचै जनाको अवस्था गम्भीर छ । घाईतेहरुको देउरास्थित पोलिक्लिनिकमा उपचार भईरहेको छ । मन्त्री सिंह सहित पाँचै जनालाई उपचारका लागि बाहिर लैजान हेलिकोप्टर मगाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?