२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

वेपत्ता तथा घाईते भन्दै कथा रचेर गणतन्त्रको उपलब्धि माथि विष नछरौ : झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ राम कुमारी झाँक्रीले बेपत्ता तथा घाइते भनेर कथा रचेर गणतन्त्रले के दियो भन्ने गुनासो गरी रहँदा जनयुद्धको उपलब्धी माथि विष छरिने बताएकी छन् ।

आईतबार काठमाण्डौमा बेपत्ता योद्धा परिवार समाज र नेपाल विपिन भण्डारी फाउण्डेसनको आयोजनामा बेपत्ता पारिएका नागरिकको सार्वजनिकरण र शान्ति सम्झौता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाँक्रीले घाइते तथा बेपत्ताका परिवारजनले पनि गुनासो मात्रै गर्न नहुने बताएकी हुन ।

आजको रूपान्तरण आजको यो प्राप्ति त्यो सङ्घर्ष बिना सम्भव थियो र ? भनी प्रस्न गर्दै बेपत्ता तथा घाइतेहरुले कहानी बनाउँदै गणतन्त्रले दिएको उपलब्धिको गलत व्याख्या भइरहेको उनले बताइन् । आज देशले प्राप्त गरेको सबै परिवर्तनको श्रेय तिनै सहिद , बेपत्ता , घाइतेहरुको योगदान रहेको सम्बोधनका क्रममा नेतृ झाँक्रीले बताइन ।

जनयुद्धले , लोकतन्त्रले केही दिएन भन्नेहरूले आजको समावेशिता, समानुपातिकता,प्रेस स्वतन्त्रता लगायतका परिवर्तनहरुलाई बुझ्नु पर्ने आबश्यक भएको बताउँदै सडकमा बसेर अरूलाई गाली गर्ने र हप्ता असुली गर्नेलाई वैकल्पिक लिडर मान्न नसकिने उनको भनाइ छ ।

उक्त अन्तर्क्रिया कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?