कुख्यात मिटरव्याजी अहमदको घर विप्लव नेकपाको कब्जामा

धनगढी, असार ०२ : धनगढीका शेख मुनिर अहमदको घर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कैलालीले जन नियन्त्रणमा कब्जामा लिएको छ । नेकपाको पहलमा जनता सहितको सहभागितामा घर कालो झण्डा राख्ने , ब्यानर टास्ने कार्य गर्दै नियंत्रणमा लिएको हो ।

शनिवार धनगढी–१ पशुपति टोलमा रहेको मुनिरको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिष्ट पार्टीले जनताको आग्रहमा घर कब्जामा लिएको उल्लेख गरेको छ। सूचनामा लेखिएको छ, ‘सयौं जनालाई घरवारविहीन बनाउने, कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घरजनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ।

साथै कुख्यात अपराधीका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफन गरिने छ। र, सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ।’ नेपाल कम्युनिष्ट पार्टीले शेख मुनिर अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिएको छ।

नेकपा कैलाली जिल्ला इन्चार्ज प्रकाश सि ले कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर पार्टीमा पीडितको निवेदन आएपछि नियन्त्रणमा लिइएको बताएका छन् । अहमद थप नसच्चिए आगमी दिनमा अझ संघर्ष गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?