रुसले बेलारुसमा सामरिक परमाणुअस्त्रको पहिलो खेप पुर्याएर राखेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खुलासा गरेका छन् ।
एक कार्यक्रममा बोल्दै उनले रुसी भूभाग वा राज्यमाथि खतरा भएमा मात्र त्यस्ता अस्त्रको प्रयोग गरिने बताए भन्दै बेलारुस रुसको एउटा प्रमुख सहयोगी राष्ट्र हो र गत वर्ष फेब्रुअरीमा पुटिनलाई युक्रेनमा पूर्ण मात्राको आक्रमण गर्नका लागि एउटा आश्रय स्थलका रूपमा काम गरेको बताए ।
अमेरिकी सरकारले युक्रेनमा आक्रमण गर्न क्रेम्लिनले परमाणुअस्त्र प्रयोग गर्ने योजना बनाएको कुनै सङ्केत नभएको बताएको छ।
“हामीले रुसले परमाणुअस्त्र प्रयोग गर्ने तयारी गरिरहेको कुनै सङ्केत देखेका छैनौँ,” अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले पुटिनको टिप्पणीपछि भनेका छन्।
रुसी वायुसेनाबाट भागेका अधिकारी भन्छन्, ‘अपराधको मतियार बन्न मानिनँ’ रुसले युक्रेनमा धावा बोलेपछि कसरी उदाए ‘पुटिनका भान्से’ पुटिनले सामरिक परमाणु युद्धशीर्षहरूको स्थानान्तरण यो गर्मीयामको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन्।
पुटिनले थप के भने?
सेन्ट पिटर्सबर्ग इन्टरन्याशनल इकोनोमिक फोरममा आफ्नो मन्तव्यपछि प्रश्नहरूको जवाफ दिँदै उनले उक्त कदम “नियन्त्रण”का लागि भएको र “आफूलाई रणनीतिक रूपमा पराजित गर्नेबारे सोच्नेका लागि” स्मरण गराउन गरिएको बताए।
उक्त कार्यक्रमका मध्यस्तकर्ताले ती अस्त्रहरू प्रयोग गर्ने सम्भावनाबारे सोध्दा पुटिनले भने, “हामीले सारा संसारलाई किन धम्की दिने? मैले पहिले नै भनेको छु नि! रुसी राज्यका लागि खतरा भएको अवस्थामा ती उपायहरू प्रयोग गर्न सम्भव छ।”
रणनीतिक परमाणुअस्त्रहरू साना परमाणु युद्धशीर्ष र वितरण प्रणालीहरू हुन्।
ती युद्धको मैदानमा वा ससाना हमलामा प्रयोग गरिन्छन्।
त्यस्ता अस्त्रहरू व्यापक रेडियोधर्मी प्रभावविनै एक विशिष्ट क्षेत्रमा दुस्मनका केन्द्रहरू नष्ट गर्ने गरी बनाइएका हुन्छन् ।
सामरिक परमाणु अस्त्र कस्ता हुन्छन्?
सबैभन्दा सानो रणनीतिक परमाणुअस्त्र एक किलोटन वा त्यो भन्दा कम हुनसक्छ।
सबैभन्दा ठूलो त्यस्तो अस्त्र १०० किलोटन जति ठूलो हुन सक्छ।
तुलनात्मक रूपमा हेर्दा अमेरिकाले सन् १९४५ मा हिरोसिमामा खसालेको परमाणु बम १५ किलोटनको थियो।
पुटिनले सेन्ट पिटर्सबर्गमा अफ्रिकी नेताहरूलाई भेट्न लागेका छन्।
ती नेताहरूले दुवै देशलाई प्रस्ताव गरेको शान्तिको पहलबारे उनलाई भेट्न लागेका हुन्।
अफ्रिकी नेताहरूले शुक्रवार किएभको भ्रमण गरेका थिए।
त्यसैबेला त्यहाँ रुसी क्षेप्यास्त्र प्रहार पनि भएको थियो।
विवीसी














