गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु दण्डनीय अपराध रहेको सुचना टाँस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु कानुनीय हिसाबले दण्डनीय अपराध रहेको सूचना टाँस गर्न अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर मातहतका अस्पताललाई निर्देशन दिएको हो ।

जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि स्वास्थ्य संस्था एवम प्रयोगशाला परिसरमा सूचना टाँस्ने व्यवस्था गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दियो ।

‘राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र राष्ट्रिय रणनीति २०७८–२०८८मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको र मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थाहरूमा त्यस्ता गतिविधि नहुने वातावरण तयार गर्न अनिवार्य सूचना टाँस गर्नुपर्ने छ,’ मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।

त्यस्ता केन्द्रमा‘कसैले गर्भमा रहेको भ्रूणको लिंग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन,यदि सो कार्य गरे वा गराएमा ३ महिनादेखि १ वर्षसम्म कैद सजाय हुनेछ । छोरीको जन्म सुनिश्चित गरौं,विभेदपूर्ण लिंग छनौट अन्त्य गरौं’लेखिको सूचना टाँस गर्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?