समाजवादी विचारधारा बोकेकाहरुको एकता आवश्यक छ : विकल्प

काभ्रे । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज विकल्प सी ले”अहिलेको राजनीतिक अस्थिरतालाई व्याख्या गर्दै देशको समग्र विकासका लागि र वैज्ञानीक समाजबाद स्थापनाका लागि माजवादी विचारधारा बोकेका सम्पुर्ण पार्टी,देशभक्त नेपालीहरु एकजुट हुन आवश्यक भएको बताएका छन् ।

काभ्रे जिल्लाको ज्याम्दीका भन्ने ठाउँमा भएको एक ध्रुविकरण कर्यक्रममा वोल्दै नेता बिकल्पले उक्त कुरा बताएका हुन् ।

उनले “देशका निम्ति सबैभन्दा धेरै दुःख कष्ट गर्ने नेता र कार्यकर्ता कुन चाहिँ पार्टीमा छन् ? भनी प्रश्न गरे साथै देश बनाउने भिजन भएको पार्टी नेकपा मात्र भएको जिकिर गर्दै,पिछडिएको देशलाई दिनानुदिन प्रगतिशील र समृद्ध राष्ट्रको हैसियतमा बदल्नको निम्ति इमान्दार नेता, क्षमतावान पार्टी र वैज्ञानिक विचारसँग जनताको एकता आवश्यक भएको बताए ।

विदेशीहरूको हस्तक्षेप र भ्रष्टचारले देश जर्जर भइरहेको भन्दै देशको रक्षा गर्न र संकटलाई समाधानको निम्ति योगदान पुर्याउन नेकपामा एकताबद्ध हुँदा खुशी लागेको बताए ।

काभ्रे जिल्लाको ज्याम्दीका स्थानीय नेता-कार्यकर्ताहरु नेकपामा समाहित भएका छन् । उनीहरुलाई नेकपाका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सी लगायत जिल्ला नेताले स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरु; रेस्मा मीजार, विक्रम मिजार, सानीकान्छी मिजार, सावित्रा पुरकोटी, पूर्ण बहादुर पुरकोटी, विकास विक, संगिता विक, सुजन मिजार लगायत एक दर्जन कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिन्दु सी, केन्द्रीय सल्लाहकार यादव सी, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेरक सी, केन्द्रीय जनप्रतिनिधिले समितिका सदस्य प्रताप सी, अखिल (क्रान्तिकारी) का ब्युरो इन्चार्ज दयाराम सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका ब्युरो संयाेजक पवित्रा सी, जिल्ला सेक्रेटरी सुरेन्द्र सी लगायत तथा जिल्लाका नेतृत्वले अविर लगाएर स्वागत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?