१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

लागुऔषध सहित पाँचजना पक्राउ

काठमाडौं । कैलाली, सुर्खेत र बाँकेबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । आज विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ बस्ने २४ वर्षीय विनोद दियाललाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सागर गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका-१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटालाई  प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?