अपाङ्गता भएका व्यक्तिहरूको न्याय पहुँचका अवरोध पहिचान सम्बन्धी कार्यक्रम सम्पन्न

कञ्चनपुर – अपाङ्गता भएका व्यक्तिहरूको न्याय पहुँचका अवरोध पहिचान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित कलश होटलको सभाहलमा कार्यक्रम बुधबार सम्पन्न भएको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा उक्त कार्यक्रमका सञ्चालक मान सिह साउदले बताउनुभयो। 

उक्त कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीको सभापतित्वममा तथा उच्च अदालत दिपायल कञ्चनपुरका वरिष्ठ न्यायाधीश  कृष्णलाल भट्टराईको प्रमुख आतिथ्यमा र युएनडिपी सुदूरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरीको विशिष्ट आतिथ्य कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तथा उच्च अदालत दिपायल कञ्चनपुरका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराईले अपाङ्गता अधिकार ऐन सम्बन्धी प्रस्तुती समेत राखेका थिए ।
कार्यक्रममा प्रस्तुती राख्दै कार्यक्रमका सभापति तथा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीले सार्वजनिक भवन, सडक, सार्वजनिक स्थान, सूचना र सञ्चारका पूर्वाधार अपाङ्गमैत्री हुनुपर्ने बताएका छन्। 

उक्त कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष उपेन्द्र बहादुर खडायतले राखेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?