काठमाण्डौं : विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सी सहित अन्य नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काठमाण्डौं जिल्ला अदालत परिसरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुझिएका पूर्वगृहमन्त्री लगायतको कारबाहीको माग गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सी, सचिव प्रकाश सी लगायत सचिवालय सदस्य अटल सी,तारा सी, डिवि सी , अनिल सी,हस्त सी लगाएत दर्जन नेता कार्यकर्ता रहेको जनाइएको छ ।
काठमाडौँ जिल्ला अदालत अगाडीबाट पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको अखिल क्रान्तिकारीले जनाएको छ ।














