हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्तासँग आज छलफल

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग आज छलफल गर्दैछ ।

छलफलका लागि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । समितिमा २९ जनाले उजुरी दिएपनि २१ जना मात्रै छलफलमा सहभागी हुन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ भोलि नै सकेर नाम अनुमोदन गर्ने कार्यतालिका छ । गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।

कार्कीविरुद्ध जिल्ला न्यायाधीशदेखि कानुन व्यवसायी र अभियन्तासम्मले गरी २९ वटा उजुरी दिएका छन् । उजुरीमा कार्कीलाई न्यायाधीश नियुक्त गर्दा नै संविधानविपरित गरिएको दाबी गरिएको छ ।

यस्तै संवैधानिक परिषद्बाट गरिएको सिफारिसमाथि पनि कानुनी प्रश्न उठाइएको छ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?