३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र

किभ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र आक्रमणमा मङ्गलबार बिहान ११ जनाको मृत्यु भएको छ । साथै मस्कोले किभको सेनाबाट पश्चिमा जगत्ले प्रदान गरेका सशस्त्र गाडी पनि कब्जामा लिएको दाबी गरेको छ ।

सोमबार रातभर धेरै स्थानमा रुसी आक्रमण भएको थियो । क्रिभि रिगको मध्य भागमा रहेको पाँचतले आवासीय भवन ध्वस्त भएको छ । “यो भयानक रातमा शत्रुले ११ जना नागरिकको हत्या गरेको छ,” निप्रोपेट्रोव्स्क क्षेत्रीय गभर्नर सर्गी लिसाकले भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आतङ्कवादीहरूलाई कहिल्यै माफ नगरिने र लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राजधानी किएभ र उत्तरपूर्वी सहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनभर हवाई आक्रमणलाई विफल तुल्याउन युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो । त्यसक्रममा रुसले प्रहार गरेका केही मिसाइल र ड्रोनलाई आकाशमा नै निष्क्रिय पारेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?