बलात्कार आरोपमा महोत्तरीबाट दुई जना पक्राउ

बर्दिबास । महोत्तरीको बर्दिबासबाट बलात्कार घटनाका संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै घटनामा संलग्न उनीहरुलाई बर्दिबासबाट पक्राउ गरिएको हो । बर्दिबास नगरपालिका–१ की ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला–१० लालगढ घर भई हाल बर्दिबास बस्ने ५७ वर्षका श्याम कार्की पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

त्यस्तै एक मानसिक सन्तुलन ठीक नभएकी २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा बर्दिबास–११ खयरमाराबाट ४५ वर्षका सोमबहादुर थिङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको एकै पालिकाका एक बालिका र एक युवतीमाथि जबर्जस्ती करणी गरेको निवेदन आएपछि प्रहरीले सोमबार दुवै घटनाका आरोपीलाई पक्राउ गरी थुनामा राखेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई ५ दिन र थिङलाई ४ दिनको म्याद जिल्ला अदालत महोत्तरीबाट थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?