१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

पत्रकार महासंघमा सदस्यता शुद्धीकरण न्यायपूर्ण तरिकाले गर्न जनपत्रकार संगठनले छलफल गर्ने

चितवन । नेपाल पत्रकार महा संघको सदस्यता शुद्धीकरण अभियानलाई न्यायपुर्ण र पुर्वाग्रहरहित बनाउन जनपत्रकार संगठन नेपालले सम्बन्धित निकायसंग छलफल गर्ने निर्णय गरेको छ। सङ्गठनको केन्द्रिय सचिवालयको आज सम्पन्न बैठकले सदस्यता नविकरण र नयाँ सदस्य बितरण प्रक्रियामा विभिन्न समस्या र गुनासाहरु प्राप्त हुन थालेपछि महासंघसङ्ग छलफल गरि समस्या समाधान गर्न आबश्यक पहल गर्ने निर्णय गरिएको हो ।

चितवनको भतपुरमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको सचिवालय बैठकले नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणबारे लिएको निर्णय र त्यसको कार्यान्वयन सम्बन्धि अभियानलाई सकारात्मक रुपमा लिने र सहयोग गर्ने तर सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसमा कतिपय जिल्ला शाखा र प्रदेश समितिहरुमा राजनीतिक आग्रह र पुर्वाग्रहका आधारमा काम भएको गुनासो सम्बन्धमा न्यायपुर्ण व्यबहार गरिनुपर्ने सङगठनको धारणा रहेको बताईएको छ ।

त्यस्तै बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरु संग प्रदेश स्तरमा अन्तर्कृया गर्ने,श्रमजीवी पत्रकारहरुको पारिश्रमिक,समानुपातिक बिज्ञापन प्रणालीको कार्यान्वयन र महासंघलाई पेशागत र अनुशासित बनाउन दबावमुलक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?