नेकपा कञ्चनपुरले लगायो लघुवित्त र सहकारीमा ताला , कर्मचारी भित्रै थुनिए

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले दुई लघुवित्तलाई सांकेतिक कारबाही गरेको छ । मगंलबार नेकपाले बचतकर्ताबाट चर्को शुल्क असुलेको भन्दै जिल्लाको झलारी स्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था र किसान बहुउद्देश्यीय सहकारी संस्थामा पहिलो चरणको कारबाही स्वरूप तालाबन्दी गरेको बताएको छ ।

तालाबन्दीका क्रममा नेकपा कार्यकर्ताले युनिक नेपाल लघुवित्तको कार्यालयमा रहेको ब्यानर फ्याक्ने कार्य समेत गरेको छ । तालाबन्दी गर्दा कर्मचारीहरू बाहिर नआए पछि नेकपाले मेन गेटमै ताला लगाएको बताइएको छ ।

नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले जनताको पैसा नेपाल सरकारले जारी गरेको कानुन विपरीत चर्को प्रतिशतमा शुल्क लिएको व्यापक गुनासो पार्टीमा आए पछि लघुवित्त कार्यालयमा कारबाही गर्न बाध्य भएको बताए । उनले भने ,“जनतालाई झुक्याएर लाखौं रकम असुल गरी जनसमुदायको उठिबास लगाउने विभिन्न संस्थाहरूलाई नेकपाले अब तह लगाउँछ , यसको प्रक्रिया सुरु भइसकेको छ ।”

नेकपाले विज्ञप्ति निकालेर तालाबन्दी गर्नुका कारण खुलाएको छ :
१) प्रत्येक महिना किस्ता उठाउने नाममा १८ प्रतिशत देखि २५ प्रतिशत सम्म रकम असुल उपर गर्ने गरेकोले ।

२) किस्ता दिन नसक्ने बचतकर्तालाई धम्काउने, तर्साउने, अभद्र व्यवहार गर्न खोज्ने यातना खेप्न बाध्य पार्ने र धितो लिलामी गरिदिने धम्की दिने गरेकोले ।

३) नेपाल सरकारले निर्देशन गर्दा पनि सेवा शुल्क ,बीमा शुल्क लगायत अन्य शुल्कहरु खारेज नगरेकोले।

४) सदस्यहरूले पटक पटक आफ्नो बचत माग गर्दा पनि फिर्ता गर्न अटेर गरेकोले ।

विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?