१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

निजामती कर्मचारीलाई टिकटक बनाउन बन्देज

काठमाडौं । कार्यालय समयमा निजामती कर्मचारीले टिकटक बनाए कारबाहीमा पर्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिँदै बनाएको पाइएमा कारबाही गर्ने भएको हो ।

कार्यालय समयमा टिकट बनाएमा, कार्यालयको पोसाक लगाएर टिकटक बनाएमा वा कार्यालयको सवारी साधन प्रयोग गरेर टिकटक बनाएको पाइएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

निर्देशन विपरीत टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गरिने भट्टराईले बताएका छन् । पछिल्लो समय टिकट नबनाउने व्यक्ति भेट्न नै मुस्किल रहेको अवस्थामा मन्त्रालयले यस्तो नियम बनाएको हो । टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले यस्तो नियम बनाउनु परेको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?