१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न नेकपा ललितपुरको माग

कमल विश्वकर्मा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ललितपुरले प्राकृतिक स्रोतको अनियन्त्रित एवम् अव्यवस्थित दोहन रोक्न सरोकावाला निकायहरू सँग माग गरेको छ । जिल्ला स्थित , जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, डिभिजन वन कार्यालय र गोदावारी नगरपालिका लगाएतका सरोकावाला कार्यालयमा प्रमुख समक्ष ज्ञापन पत्र बुझाउँदै आईतवार सो कुराको माग गरिएको हो।विगत लामो समयदेखि ललितपुर जिल्लामा अवैध रुपमा सञ्चालित ढुङ्गा रोडा / बालुवा खानी र कसर उद्योगहरुले प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गरिरहेको र यसलाई रोक्नु पर्ने माग आफूहरुले गरेको नेकपा ललितपुरले जनाएको छ ।

प्राकृतिक स्रोतको अनियन्त्रित एवम् अव्यवस्थित दोहनले प्रकृतिको सन्तुलित अवस्थितिलाई खल्बल्याउने,जलाधार क्षेत्र विनाश हुने, वन सम्पदा नष्ट हुँदै जाने,भू-क्षय हुने,जैविक विविधतामा क्षति पुग्ने, जमिनको उर्वरा क्षमतामा ह्रास हुने,प्राकृतिक प्रकोप बढ्ने, वायु प्रदुषण हुने,हरितगृह उत्सर्जनमा वृद्धि हुने र जलवायु परिवर्तन जस्ता प्राकृतिक,वातावरणीय र पर्यावरणीय दुष्परिणाम भोग्न आम मानिस विवश हुन परिरहेको छ । भने आय,विकास र निर्माणको नाममा आम मानिसले स्वच्छ,स्वस्थ, सुरक्षित र न्यायोचित वातावरणमा बाँच्न पाउने हक उल्लंघन भइरहेको नेकपा ललितपुरको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिन सीको हात बाट ज्ञापन पत्र बुझ्दै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नेकपाको माग जायज भएकाे र आफूले यसलाई खुलेर समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यसतै जिल्ला समन्वय समिति अध्यक्ष ऋषि देव फुयाँलले ज्ञापन पत्र बुझ्दै ललितपुर जिल्लामा अवैध रुपमा सञ्चालित ढुङ्गा रोडा / बालुवा खानी र कसर उद्योगहरुले प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न आवसेक समन्वय गर्ने बताएका छन्।

त्यसतै डिभिजन वन कार्यालयका अधिकृत राम कुमार भण्डारीले नेपाल कम्युनिस्ट पार्टीको मागलाई गम्भीरता पूर्वक लिएको र हामिले प्राप्त सूचनाका आधारमा कार्वाही गर्न खोज्दा विभिन्न चुनौतिको सामना गर्नु परेको भन्दै यसमा नेपाल कम्युनिस्ट पार्टीको सहयाेग आवसेक रहेको भनाई राखेका थिए।

गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले त्यस्ता अवैध उद्योग हरूलाई बन्द गर्न आवसेक रहेको बताएका छन्। ‘हामि धेरैं पटक अनुगमन गर्न जाँदा त्यहाँ कसैलाई पनि भेटेनौ’ उनले भने।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी ललितपुर (L1) जिल्ला सचिव विकास सी, ललितपुर (L2) जिल्ला सचिव अनुप सी, ललितपुर महानगर सेक्रेटरी बज्र सी, नेकपा ललितपुर जिल्ला सदस्य रत्न सी,उत्ताम सी, जनक सी लगाएतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?