अजयमेरु गाउँपालिकाद्धारा कृषि एम्वुलेन्स सञ्चालनमा

डडेल्धुरा, जेठ २८ । डडेल्धुराको अजयमेरु गाउँपालिकाद्धारा सञ्चालित कृषि एम्वुलेन्सको ढुवानी भाडा कायम गरिएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै कृषि तथा पशुजन्य उत्पादित वस्तुहरुको ढुवानी गर्न तथा गराउनका लागि भाडा दर सार्वजनिक गरेको हो ।

गाउँपालिको कृषि एम्वुलेन्स सेवा व्यवस्थापन तथा सञ्चालन समितिको बैठकको निर्णयले कृषि तथा पशुजन्य उत्पादित वस्तुहरुको ढुवानी गर्न गराउनका लागि गाउँपालिका भित्र वा जिल्ला सदरमुकामसम्म प्रति क्विन्टलमा ढुवानी एक सय रुपैया, व्यापारी तथा जिल्ला बाहिरको हकमा प्रति क्विन्टल प्रति किलोमिटर पक्की सडकमा १० रुपैया र कच्ची सडक प्रति क्विन्टल प्रति किलोमिटर १५ रुपैया तोकेको छ ।

गाउँपालिकाको सुचना अनुसार ढुवानी गराउने कृषक तथा व्यापारीहरुले कम्तिमा एक दिन अगाडि नै सम्पर्क गर्नुपर्ने छ । गाउँपालिका बाहिर वा ब्यापारीहरुले ढुवानि गराउँदा सवारी चालकको खाना तथा आवासको व्यवस्था गर्नुपर्ने सुचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?