१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

तातो हावाले स्वास्थ्यमा के समस्या गर्छ ?

सांकेतिक तस्बिर

काठमाडौं । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ। यो तराईका जिल्लामा बढ्दो छ। तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन्। तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ।

तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ। इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन्।

यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ भन्ने विषयमा खास तयारी छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अब भने तयारी थालिएको बताए। यसको असर र यसबाट बच्ने उपायका बारेमा चिकित्सक डा पवनकुमार शाहले केही ‘टिप्स’ दिएका छन्।

उनका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ। सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ। त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उनले बताए।

यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ। रक्तचाप घट्नेलगायतका लक्षण पनि देखिन सक्ने उनले बताए।

काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ। यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ। हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने उनले बताए।

यसका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो। प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ। लक्षणअनुसारको उपचार हुने भन्दै डा शाहले तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, कतिपय खुट्टामा असर परेको बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि कम हुँदै जाने बताए। यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने उनले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?