नेकपा पूर्वी कैलालीको एकता विशेष बैठक सम्पन्न

कैलाली, जेठ २८ : नेपाल कम्युनिष्ट पार्टी कैलाली पुर्वी जिल्ला समितिको एकता विशेष बैठक सम्पन्न भएको छ। शनिबार जिल्लाको लम्किचुहा नगरपालिका स्थिति लम्की चौराह नजिकै रहेको पार्टी कार्यालयमा विविध विषयमा छलफल गर्दै बैठक समापन भएको हो ।

पार्टी केन्द्रीय समितिको बैठकले प्रवाह गरेको एकताको भाव सन्देश जनस्तरसम्म लैजान एकताको विशेष बैंठक राखिएको नेकपा एक नेताले बताए ।

उक्त एकता बैंठकको विशेष अतिथिको रुपमा सहभागी नेकपा केन्द्रीय सदस्य प्रकाश सी ले केन्द्रीय स्तरमा पार्टीको निति नेतृत्वको बृहत छलफल बहस पछि एकता सम्भव भएको अहिले हाम्रो विशेष जोड पार्टी एकता भएको र अहिले समाजवादी मोर्चा बन्ने सम्भावना रहेको बताए । उनले भने , “ समाजवादका लागि सबै छरिएर रहेका शक्तिहरू एक ठाउँमा ल्याउनु अहिलेको अनिवार्य अावश्यकता हो । नेपालको अस्थिर राजनीति परिपाटी लाई चिर्दै नेता कार्यकर्ता लाई उत्पादन र श्रम संग जोड्नु पर्ने छ ।”

राष्ट्रियता जनतन्त्र जनजिविकाका हरेक सवालमा हातेमालो गर्न नेपाल कम्युनिष्ट पार्टी सुखदुःखमा सजनताको साथि भन्ने अभियान पनि अघि सारेको छ ।

बैठकको प्रमुख अतिथि पार्टी पोलिटव्युरो सदस्य रंगनाथ ढकाल (विकल्प सी) यसैगरी विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य , कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, केन्द्रीय सदस्य असल सी बैकल्पिक केन्द्रीय सदस्य हिक्मत सी , केन्द्रीय प्रतिनिधि सदस्य टिकाराम सी, लगायतका नेता कार्यकर्ता को उपस्थिति रहेको थियो । – मान बहादुर चलाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?