१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने घोषणा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट पेश गर्दै यो वर्ष मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका छन् ।
सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ समेत जारी गरिसकेकाे छ ।

विगत चार वर्षदेखिका नीति तथा कार्यक्रम र बजेटमा विश्वविद्यालय सञ्चालन गर्ने याेजना राखिए पनि पूर्वाधार निर्माणकै काम पूरा हुन सकेकाे थिएन ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा स्थापना गर्न लागिएको यो विश्वविद्यालय यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने तयारी गरिएकाे छ ।

विश्वविद्यालयमा करिब चार हजार विद्यार्थीलाई अध्यापन गराउने क्षमता हुने बताइएकाे छ । त्यस्तै विश्वविद्यालयको पूरा परियोजना सम्पन्न गर्न ४३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ ।

आफ्नै स्रोतमा विश्वविद्यालय निर्माण गर्न गाह्रो हुने देखेपछि सरकारले चीन सरकारसँग सहकार्य खोजेको थियो । यस विषयमा रुचि देखाए पनि बहाना देखाउँदै हाल चीन यो परियोजनाबाट बाहिरिएको बुझिन्छ ।

यो विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखाल र मकवानपुरको चित्लाङमा गरी दुई ठाउँमा सञ्चालन हुनेछ । काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय र मकवानपुरमा विभिन्न विभाग हुने बताइएको छ ।

हालसम्म काभ्रेपलाञ्चोकमा जग्गा अधिग्रहणको काम मात्र सम्पन्न भएको छ । जिल्ला मालपोत कार्यालय धुलिखेलका अनुसार १० हजार ३०० रोपनी जग्गा विश्वविद्यालयको नाममा गइसकेको छ । यता चित्लाङमा भने भौतिक पूर्वाधारको केही काम सकिएपनि धेरै बाँकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?