नेकपा स्थायी समिति बैठकमा समाजवादी मोर्चाको अवधारणावारे छलफल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले रास्ट्रीय स्वाधीनताको रक्षा र कम्युनिस्ट,वामपन्थी र समाजवादी आन्दोलनलाई नयाँ उचाइमा उठाउने उदेश्यले बन्न थालेको समाजवादी मोर्चाको अवधारणाबारे पार्टी धारणा तय गरेको छ। शनिबार महासचिव विप्लवको अध्यक्षतामा काठमाडौमा सम्पन्न स्थायी समिति बैठकले समाजवादी मोर्चाको अवधारणाबारे पार्टी धारणा तय गरेको हो।

स्थायी समिति बैठकले समाजवादी मोर्चामा पार्टीको तर्फबाट प्रबक्ता प्रकाण्डले प्रतिनिधित्व गर्ने निर्णय समेत गरेको जानकारी दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्र रूपमा बढ्दै गएको,देशको प्रधानअन्तरबिरोध भूमण्डलीकृत साम्राज्यवाद भएको र देशमा विद्यमान आर्थिक- राजनीतिक संकटको निकासका लागि संयुक्त मोर्चाको नयाँ स्तरमा बिकास गर्नुपर्ने आवश्यकता रहेको निस्कर्ष सहित समाजवादी मोर्चा निर्माण गर्न पहल गरिरहेको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी , बाबुराम भट्टराई लगाएतका पार्टीहरुसङ्ग पहिलो चरणमा मोर्चा निर्माण गर्ने प्रयास भैरहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?