१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

प्रधानमन्त्रीप्रति ओलीको ब्यंग्य : हाम्री आमा सारै नि बाँठीछिन, राँगासँग नदी पो साटिछिन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत बात भैंसी ल्याएको भन्दै कडा ब्यंग्य प्रहार गरेका छन् । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपालको हितमा कुनै काम गर्न नसकेको र भारतले चाहेको सवै पूरा गरिदिएको भन्दै कडा भैंसी सङ नदी साटेको भन्दै व्यङ्ग्य प्रहार गरेका हुन् ।

शुक्रबार स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो वताएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण उपलब्धिहीन भएकाे भन्दै फुकाेट कर्णाली भारतलाई दिएकाेमा असन्तुष्टि जनाए ।प्रधानमन्त्रीले १५ वटा राँगासँग नदी साटेकाे टिप्पणी गर्दै उनले भने ‘हाम्री आमा सारै नैं बाँठीछिन, राँगासँग नदी पो साटिछिन, प्रधानमन्त्रीले भारतबाट १५ वटा राँगा ल्याए, फुकाेट कर्णाली त्याे नेपालले बताउनुपर्ने याेजना हाे, खाेलाे किन बुझाएकाे ?’

अध्यक्ष ओलीले अहिले पहिचानका नाममा अशान्ति र आतंक मच्याउने काम भइरहेको भन्दै कडा आपत्ति पनि जनाए । शुक्रबार स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले केही तत्वहरु अहिले उपद्राे मच्याइरहेका बताए । उहाँले भन्नुभयाे, ‘पहिचान भनेर केही तत्वहरु उपद्राे मच्याइरहेका छन्, विभिन्न नाममा, आतंक मच्याउने काम ठिक हाेइन भनेर एमाले बाहेक अरु काेही बाेल्दैनन्, बाेलेकाे देख्नु भएको छ ?’

काेशी प्रदेशमा भइरहेकाे आन्दाेलनप्रति लक्षित गर्दै अध्यक्ष ओलीले पहिचानका नाममा भइरहेकाे आतंक गलत हाे भनेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्न नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘पहिचानकाे नाममा चलाइएकाे आतंक गलत हाे भनेर शेरबहादुर र प्रचण्डले भन्नुपर्छ, त्यतिपनि भन्न नसक्ने ?’

यस्ता गलत प्रवृति हट्नुपर्ने भन्दै अध्यक्ष ओलीले नेपाललाई शान्ति र सुशासन चाहिएकाे बताउनुभयाे । नेपाल शान्तिभूमि भएपनि विगतमा हिंसा मच्याउने काम भएकाे र त्याे अहिले अन्त्य भएपनि केही धङधङी बाँकी रहेकाे बताउनुभयाे । प्रचण्डलाई लक्षित गर्दै अध्यक्ष ‌ओलीले भन्नुभयाे – ‘हाम्राेमा अशान्ति छायाे, अहिले पनि अलिकति धङ्धङी बाँकी छन्, हामीले शान्तिमा ल्याउन सक्छाैं ।’

एमालेले देश र जनतालाई शीरमा राखेर काम गर्ने भन्दै उहाँले देशकाे हित र उखान टुक्काकाे फरक बुझ्न नसक्नेहरुले, विकास र उखानटुक्का बुझ्न नकस्नेहरुले आफ्नाे आलाेचना गर्ने गरेका बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामी देश र जनतालाई शीरमा राखेर काम गर्छाैं, कसैले भन्लान् केपी ओलीले कालीगण्डकी पुगेर उखानटुक्का भन्याे भनेर, उखान टुक्काले देश बन्दैन भनेर विराेध पनि गर्छन्, किनकी उनीहरुले देशकाे हित र उखान टुक्कामा के फरक छ भन्ने बुझ्दैनन्, विकास र उखानटुक्कामा के फरक छ भन्ने बुझ्दैनन्, उनीहरुले साहित्य समेत बुझ्दैन ।’

जहाँ टेक्याे त्यही पहिराे जाने काे छ मेराे कटक्क मन खाने गीत सुनाउँदै उहाँले भन्नुभयाे – ‘यसकाे अर्थ जहाँ टेक्याे त्यहीँ टेकेकै ठाउँमा पहिराे जाने हाे र ? हाेइन, त्याे एमाले बाहेक अरुले बुझ्दैन ।’ नेपाल कला संगितकाे देश भएकाे भन्दै उहाँले इसारा र अलंकारमा कुरा हुने बताउनुभयाे । नेपालमा जस्ता कवि दुनियाँमा काेही नभएका समेत उहाँले बताउनुभयाे । कालीगण्डकी क्षेत्र पवित्र तपाेभूमि भएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘यहाँ त ढुंगा पनि शालिग्राम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?