के हो “ग्रेटर नेपाल”

बर्तमान नेपालको मेचि जिल्ला देखी पुर्वमा दार्जिलिंग, सिक्किम र महाकाली देखी पश्चिमा कुमाउ र गढवाल राज्य नेपाली भु-भाग हो भने पुर्वि सिमाना टिष्टा नदि देखि पश्चिम सतलज सम्मको भु-भाग नेपाली भुमि हो ।

सन् १८१६ मार्च ४ का दिन नेपाल ले बेलायत संग को असमान सुगौलि सन्धी मार्फत १/३ भु-भाग गुमाएर केहि तराईको समतल भु-भाग सहित को एउटा साने पाहाडी राष्ट्र को रुपमा परिणत भयो ।

तर उक्त सुगौली सन्धी स्वयम आफ्नै सर्त अनुसार पनि अबैधानिक थियो । सुगौली सन्धिको धारा ९ अनुसार सन् १८१५ डिसेन्बर २ का दिन देखी १५ दिन भित्र सुगौली सन्धी हस्ताक्षर गरेर बुझाउनु पर्नेछ भन्ने प्रावधान रहे पनि ९० औ दिनमा सन् १८१६ मार्च ४ का दिन नेपाल का तर्फ बाट हस्ताक्षर गरेर बुझाईएको थियो । सुगौली सन्धि को धारा ९ अनुसारनै नेपालको तर्फ बाट राजले अनुमोदन गर्नु पर्ने सर्त रहे पनि राजा गिर्वण युद्ध बाट अनुमोदन भएको थिएन । सुगौलि सन्धि स्वयम असमान र बल जफत गरि गरिएको सन्धि थियो जसलाई अन्तराष्ट्रिय स्तरमा अयोग्य मानिन्छ ।

तर बर्तमान परिस्थितीमा सो सुगौली सन्धि नेपाल र भारत बिच भएको नेपाल-भारत सन्धी १९५० को धारा ८ ले खारेज गरेको छ भने बेलायत संग भएको नेपाल-बेलायत सन्धि को धारा ८ ले पनि दार्जिलिंग, सिक्किम, कुमाउ र गढवाल राज्य माथि को बेलायत को प्रभुसत्ता खारेज गरेको छ ।

यसरी सुगौली सन्धि मार्फत गुमेको पुर्वको दार्जिलिंग, सिक्किम र पश्चिमको कुमाउ र गढवाल राज्य नेपाल मा औपचारीक रुपाम गाभिएर पुन: नेपाल को सिमाना टिष्टा देखी सतलज सम्म पुगेर निर्माण हुने बृहद नेपाल नै ग्रेटर नेपाल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?