१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भर्चुअल माध्यमबाट सुझाव र गुनासो टिपाउन सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग अब भर्चुअल संवाद गरेर सुझाव र गुनासो टिपाउन सकिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्य सम्पादनलाई प्रभावकारी बनाउन मन्त्री रेखा शर्मासँग भर्चुअल संवाद गर्न सकिने व्यवस्था गरिएको हो ।

मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनासोलाई सहज रूपमा प्राप्त गर्न भर्चुअल संवादको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ ।

कसरी गर्ने भर्चुअल संवाद ?

सुरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा जानुहोस् । त्यसपछि वेबसाइट खुल्छ र स्क्रोल गर्दै तलतिर जानुहोस् । तर तपाईले मन्त्रीसँग भर्चुअल संवाद भन्ने विकल्प देख्न सक्नुहुनेछ ।

त्यसपछि त्यहाँ मन्त्रीलाई आफ्नो कुरा लेख्नुहोस् भन्ने ठाउँमा क्लिक गरेर वा यहाँ क्लिक गरेर पनि सोझै सुझाव वा गुनासो टिपाउन सक्नुहुनेछ ।

सुझाव वा गुनासो टिपाउँदा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना, इमेल र सन्देश लेखेर क्याप्चा कोड राखेर पठाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?