१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कर्मचारीको समेत संलग्नता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री,बहालवाला सचिव,शरणार्थी नेता मात्र नभई प्रहरी अधिकारी नै सामेल भएको खुल्नमा आएको छ । हाल थुनामा रहेका १८ प्रतिवादीमध्ये गत १२ जेठमा पक्राउ परेकी लक्ष्मी महर्जन प्रहरी कर्मचारी हुन् । उनी नेपाल प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक (सई) पदमा कार्यरत छिन् ।

उनका श्रीमान हरिभक्त महर्जन पनि सो मुद्दाका प्रतिवादी हुन् । हरिभक्त एक सहकारीमा काम गर्दथे । उनका साथी टोखाका रामशरण केसी हुन् । केसीले अमेरिका पठाउने आश्वासनमा आफ्ना आफन्तहरूसँग पनि पैसा उठाएका थिए । घर समेत धितो राखेर पैसा निकाली तत्कालीन गृहमन्त्री रामबहादुर थापा‘बादल’का छोरा प्रतिकलाई बुझाए । तर,न काम भयो, नत पैसानै फिर्ता भयो उल्टै उनी यतीबेला प्रहरी हिरासतमा छन् । रामशरण र हरिभक्त साथी हुन् । शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा लेनदेनमा उनी पनि संलग्न थिए ।

हरिभक्त र उनकी श्रीमती लक्ष्मीको पनि खाता प्रयोग भएको थियो । त्यही आधारमा उनीहरुलाई समेत प्रतिवादी बनाइएको हो । खाता प्रयोग भएकै आधारमा १० जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये हरिभक्त र लक्ष्मी भने आफैं अदालतमा उपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?