काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रही नियमानुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयको सूचना प्रकासित गरेको छ । जेठ १५ भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन दिएको निर्देशनको अवज्ञा गर्ने त्यस्ता विद्यालयको नामावली सार्वजनिक गरेको हो ।
गोरखापत्रमा प्रकासित गरेको सूचनामा ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरि विवरण महानगरमा पठाउन निर्देशन दिइएको छ । महानगरले उक्त निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ ।














