जाजरकोटका जनप्रतिनिधिले ४२ लाखको भात खाएकै हो त ?

जाजरकोट, जेठ २१ । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ।

छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी दिएको आरोप लगाए। उनका अनुसार न्यौपाने होटलको २५ लाख ६० हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

बाँकी १२ लाख मात्र भुक्तानी हुन बाँकी रहेको बताइन्छ। दीपा होटलको १६ लाख ८५ हजार ५०२ रुपैयाँसमेत भुक्तानी भइसकेको जनाइएको छ। २०७९ असार १ गतेदेखि जनप्रतिनिधिले नयाँ जिम्मेवारी सम्हाली सकेपछि दुई वटा नगर सभा भएका छन्। कार्यपालिकाका बैठक १६ वटा भएका छन्।

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले जानकारी दिए। छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले खानाको बिल धेरै आएको र अहिले छानबिन जारी रहेको बताए। बिलको अवस्था हेर्दा ठुलै घोटाला भएको अनुमान लगाउन सकिने हिजोको गोरखापत्र दैनिकमा खवर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?