सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले घट्यो

काठमाडौं। गत बुधबारदेखि शुक्रबारसम्म सम्म कीर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आइतबार भने घटेको छ।

सुन बुधबार प्रतितोला एक लाख १२ हजार रुपैयाँ,बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र शुक्रबार प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यो तीन दिनकै मूल्य हाल सम्मकै उच्च हो ।

सरकारले भन्सार दर बढाएका कारण सुन–चाँदीको मूल्य आकाशिएको हो । सोही कारण मंगलबारदेखि शुक्रबारसम्म सुन प्रतितोला पाँच हजार दुई सय रूपैयाँ बढ्यो।

आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?