काठमाडौं– आजदेखि संसद्मा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री महतले संसद्मा बजेट पेस गरेका थिए ।














