१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

आईतबार देखि लागू हुदै नयाँ नागरिकता ऐन

काठमाडौं । आइतबादेखि नयाँ नागरिकता ऐन लागू हुने भएको छ । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबारदेखि नयाँ ऐन अनुसार नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेसँगै नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गर्न जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको हो । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न परिपत्र पठाएको गृह मन्त्तालयले जनाएको छ ।

गृह मन्त्रालयकी सहसचिव रूद्रादेवी शर्माले नयाँ कानुन अनुसार नागरिकता वितरण सुरू गर्न सबै जिल्ला प्रशासनहरूलाई परिपत्र गरेको बताएकी हुन् । उनले भनिन्, ‘ऐन २०७८ को नियमावली अनुसार जारी भइसकेको छ । अब सोही नियमावली अनुसार नागरिकता वितरण गर्नु भनेर सबैलाई परिपत्र गरेका छौं ।’

राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ ।

गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन् ।

नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?