नेकपा उदयपुर जिल्लाको विशेष बैठक सम्पन्न

अनिता गजमेर,उदयपुर

नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्लाकाे विशेष बैठक उदयपुर जिल्ला सेक्रेटरी जित बहादुर सी को अध्यक्षतामा सम्पन्न भएको छ।

उक्त बैठकको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा सगरमाथा ब्यूरो ईन्चार्ज शैलेश सी ले पार्टीको ९ ओैं केन्द्रीय समितिकाे एकताको विशेष बैठक र सगरमाथा व्युराेकाे बैठकले लिएका निर्णयहरूलाई कार्यन्वयनमा लैजाने लगायतका महत्वपुर्ण निर्णयहरू राखेका थिए ।

बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज अमृत सी,सगरमाथा व्युराे उत्पादन समिति सदस्य मीन प्रसाद सी,प्रतिनिधि समिति सदस्य तथा,ब्युरो कार्यालय सचीव दुर्गा सी, खोटाङ सेक्रेटरी सुदिप सी काे प्रमुख आतिथ्यता रहेकाे थियाे।

बैठकमा उपस्थिति सम्पूर्ण जिल्ला कमिटी सदस्यहरुले आ आफ्नो गाउँ कमिटीका इन्चार्ज सेक्रेटरीहरूले आ-आफ्नाे इलाकाकाे रिपोर्टिङ गरेका थिए भने प्रमुख अतिथि तथा अतिथिहरुले पार्टीले ल्याएको एकीकृत जनक्रान्तिले ल्याएको कार्य योजनालाई दृढता पुर्बक कार्यनयन गर्न प्रशिक्षणत्मक मन्तव्य राखेका थिए ।

प्रशिक्षण मन्तव्य राख्दै प्रमुख अतिथि शैलेश सी ले दालाल संसदीय व्यवस्था पुर्ण रूपमा असफल भैसकेकाले पार्टीका सम्पुर्ण शक्ति समाजवादी व्यवस्था स्थापना गर्न सबै नेताकार्यकर्ता लाग्न अनुराेध गर्दै उहाँले काम नगर्ने ठूलो कुरा मात्रै गर्ने जो कोहि नेताकार्यकर्ता भए पनि छुट नदिने र पार्टीले ल्याएको कार्यनीतिलाई कडाई साथ पालना गर्न निर्देशन दिएका थिए ।

बैठक को संचालन जिल्ला सेक्रेटरी जित बहादुर सी ले गरेका थिए भने पार्टीकाे केन्द्रीय सर्कुर र प्रतिवेदन साथै व्युराेकाे सर्कुलर बाचन उदयपुर जिल्ला ईन्चार्ज अमृत सी ले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?