१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नयाँ कुराको खोज र आविष्कार नै एकीकृत जनक्रान्ति हो : रणवीर सी

धनगढी , जेठ १८ : हिजो (बुधबार) नेपाल कम्युनिस्ट पार्टी महाकाली र सेती ब्युरोको संयुक्त आयोजनामा धनगढीमा भएको प्रशिक्षणका एक वक्ता थिए नेकपा स्थायी समिति सदस्य तथा प्रभावशाली नेता भरत सी (रणवीर) । नेता तथा कार्यकर्ताको बाक्लो सहभागिताले भीडभाड देखिएको धनगढीको ओम पार्टी प्यालेसको हलमा दिउँसो करिब साढे एक बजे बाट कार्यक्रम सुरु भयो ।

कार्यक्रममा अथितिका रूपमा उपस्थिति नेता रणवीरले नेकपा नयाँ उचाई र थप जिम्मेवारी सहित अधुरो क्रान्तिको कार्यभार पूरा गर्ने गरी नयाँ ढंगले अघि बढिरहेको बताएका छन । हामीले दुई पार्टी संग एकता प्रक्रिया सम्पन्न गरेका छौ , नवौं केन्द्रीय समितिको एकताको विशेष बैठक सकिएको छ र एकताको प्रभाव सबैतिर पुगेको छ , स्थायी समिति सदस्य रणवीरले भने ।

क्रान्तिको बारेमा महान विद्वान ग्राम्सीले गरेको व्याख्यालाई उद्दत गर्दै उनले भने“क्रान्ति भनेको नयाँ कुराको खोज र आविष्कार हो । ठीक त्यसैगरी नयाँ कुराको खोज र आविष्कार नै एकीकृत जनक्रान्ति हो , यो हाम्रो पार्टीको व्याख्या हो ।”

स्थायी समिति सदस्य रणवीर भन्छन , आजको विकसित विश्वले क्रान्तिकारी आन्दोलनमा नयाँ कुरा माग गरिरहेको बेला त्यो नयाँ कुरा कसैले दिन सक्छ भने एकीकृत जनक्रान्तिले दिन्छ , नेकपाले दिन्छ त्यसकारण पनि क्रान्ति सम्भव छ ।

सम्बोधनका क्रममा पुरानो तरिकाले सोच्ने र हेर्ने नेपाली प्रवृत्तिले समस्या पैदा गरेको उनले बताए । पूँजीवादले आफूलाई दिनानुदिन नवीकरण गरिरहेको स्थितिमा पुरानै कुरालाई समात्ने प्रवृत्तिले नै राजनीतिक सत्ता टिक्न नसक्ने परिस्थिति आएको र अर्को तर्फ सत्ता परिवर्तनका लागि हिँडेका राजनीतिक पार्टीहरु पनि विसर्जन गएको उनी बताउँछन् । त्यसकारण नेपाल कम्युनिस्ट पार्टीलाई हामीले नयाँ शिराबाट उभ्याएका छौं , चाहे त्यो उत्पादन प्रणालीका हिसाबले होस, चाहे त्यो विचार दृष्टिकोणका हिसाबले होस,चाहे त्यो सांस्कृतिक ,आर्थिक ,सांगठनिक वा अन्य क्षेत्रमा होस हामीले नवीनता पैदा गरेका छौं , नेता रणवीरले भने । उनले भने ,“विचार र व्यवहारलाई एकीकृत गर्ने अभ्यास हामीले गरिरहेका छौं ।”

संकटग्रस्त रहेको राष्ट्रिय राजनीतिमा नयाँ उदाएका पार्टीहरु प्रति जनताको आकर्षण त बढ्यो तर तिनीहरू संकटको निकास नरहेको उनको जिकिर छ । वैचारिक शुन्यताबाट जन्मिएका नयाँ दलहरु झन विदेशीबाट परिचालित छन् ।

अहिलेको राजनीतिमा वैकल्पिक शक्तिको रूपमा नेकपा छ , हामीले एकताका श्रृङ्खला तिब्र बनाउने र सत्ता विरुद्धको शक्तिलाई बृहत बनाउने गरी मिहिनेत गर्नुपर्छ । महान क्रान्तिलाई पूरा गरी जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यभार नेकपामा छ , नेता रणवीर सी ले प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा भने ।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विप्लव सी लगायत अन्य थुप्रै नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?