काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन रास्वपाका सभापति लामिछाने पनि त्यसै दिन भारत प्रस्थान गरेका छन् ।
रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा.मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् ।
रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारीक भ्रमणका लागि भारत गएका छन् । उनले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहको छ । उनले भारत भ्रमणको क्रममा विभिन्न व्यक्तित्वहरुसँग भेटवार्ता गरी दुई देशबीच सहकार्य र समझदारीहरु गर्ने कार्यक्रम रहेको छ ।
उनको भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद,अर्थ मन्त्री डा। प्रकाशशरण महत,उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।














