३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन लागिएको हो ।

शुक्रबार दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान लिइएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ । २७१ दर्ता नम्बर रहेको सो मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी,संगठित अपराध तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग दाबी गरिएको छ ।

सो अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वमन्त्री वालकृष्ण खाँण,बहालवाला सचिव टेकनारायण पाण्डे,भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जना छन् । सो प्रकरणमा मुख्य नाइकेमा पाँच जनालाई प्रस्तुत गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

बुधबार जिल्ला सरकारी वकील कार्यलय काठमाडौंले यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा प्रतिवादी बनाइएका १७ जना पक्राउ परिसकेका छन् भने १३ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको हो ।
हीटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?