अभिनेत्री राजोशी उर्फ पीलुका पुर्व पतिले गरे ६० वर्षको उमेरमा दोश्रो विवाह

एजेन्सी । अभिनेत्री राजोशी उर्फ पीलु विद्यार्थीका पुर्व पति बलिउड अभिनेता आशिष विद्यार्थीले हाल फेसन डिजाइनर रुपाली बरुवासँग दोस्रो विवाह गरेका छन् ।

पतिको दोस्रो विवाहमा उनकी पुर्व पत्नी उर्फ पिलुले इनिष्टा ग्राममा एक अनौठो स्टाटस सार्बजनिक गरेकी छन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गर्दै पीलुले लेखेकी छिन्,याद राख्नुहोस्,सही व्यक्तिले तपाईलाई उनीहरुका लागि के भन्न खोजेको हो भनेर कहिल्यै सोध्ने छैन । उसले त्यस्तो कुनै काम कहिल्यै गर्नेछैन,जसले तपाईलाई पीडा दिन्छ किनभने उसलाई यो थाहा हुनेछ ।’

आशिषको विवाहको तस्बिर सार्वजनिक भएको केही घण्टापछि अभिनेत्रीले यसप्रकारको पोस्ट सेयर गरेकी हुन् । पीलु प्रसिद्ध अभिनेत्री शकुन्तला बरुआकी छोरी हुन् ।

अर्कोतर्फ ६० वर्षको उमेरमा दोस्रो विवाह गरेकोमा आशिषले भने, ‘जीवनको यो चरणमा रुपालीसँग बिहे गर्नु मेरो लागि फरक अनुभूति हो । हामीले बिहान अदालती विवाह गरेका थियौं र बेलुका नजिकका मानिसहरूका लागि गेट टुगेदरको आयोजना गर्‍यौं ।’

आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।उनीहरु दुवैको एउटा छोरा छन् ।
पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने आशिष र रुपालीले एक क्लबमा कोर्ट म्यारिज गरेका थिए जसमा उनीहरुको परिवार र नजिकका साथीहरु पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?