पत्रकारहरुलाई दुर्व्यवहार गर्ने प्रहरी कारबाहीमा

कञ्चनपुर । समाचार संकलन गर्न घटना स्थल पुगेका कञ्चनपुरका पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई बिना कारण पक्राउ गर्ने प्रहरीलाई विभागिय कार्बाही गरिएको छ ।

२जेठमा भीमदत्त नगरपालिका ५ सुकासालमा प्रहरी र क्यारिङकर्ताविच भएको झडपको समाचार संकलन गर्न घटना स्थलमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वय नाथ र कुँवररलाई बिना कारण पक्राउ गर्ने प्रहरीलाई विभागिय कार्बाही गरिएको हो ।

सीमारेखाडटकमा कार्यरत पत्रकार नाथ र आभाषकुञ्ज दैनिकमा कार्यरत पत्रकार कुँवर समाचार संकलनका गएका बेला प्रहरीबाट भएको दुव्र्यवहारको चौतर्फि भत्र्सना जाहेर गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर, सुप प्रदेश, केन्द्रीय समिति र विभिन्न पत्रकार संघ संगठनहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याललाई डेलिगेशन दिदै बिना कारण पत्रकारलाई पक्राउ गर्ने प्रहरीलाई कानुनी कार्बाहीको माग गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय नाथ र कुँवरलाई पक्राउ गर्ने हतकडी लगाउने, हिरासत राख्ने कार्यमा संलग्न प्रहरीमाथि कार्बाहीका लागि निर्देशन दिईएको थियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पत्रकारद्वय नाथ र कुँवरलाई पक्राउ गर्ने प्रहरी निरीक्षक बिनु शाही, अर्का प्रहरी निरीक्षक सिताराम विष्ट, घटना स्थलमा रहेका प्रहरी निरक्षक प्रकास भण्डारी र प्रहरी सहायक निरीक्षक अमर सिहलाई कार्बाही गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले पत्रकारलाई बिना कारण पक्राउ गर्ने प्रहरीलाई सचेत गराईएको बताए । ‘यो एक प्रकारको समान्य कार्बाही हो, ‘प्रजिअ अर्यालले भने, ‘यस्ता गल्ती पटक पटक नदोहो¥याउन सचेत गराईयो ।’

पत्रकारलाई बिना कारण पक्राउ गर्ने प्रहरी अधिकृतलाई कार्बाही गरे नगरेको बारे सोमबारै नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामी नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याललाई लिखितै माग गरिएको थियो ।

महासंघले लिखितै माग गरेपछि सुकासालमा खटिएका प्रहरी कर्मचारीबाट पत्रकारसंग अप्रिय व्यवहार भएको विषयमा आवश्यक छानबिन गरी प्रहरी कर्मचभारीलाई विभागिय कार्बाही बारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापाबाट जानकारी हुन आएको विषय संख्या तोकेर जानकारी गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?