शीर्षक: भारतमा माओवादी आन्दोलन क्षीण, ४७ विद्रोही आत्मसमर्पण

भारतमा माओवादी (नक्सलवादी) आन्दोलन कमजोर बन्दै गएको संकेत देखिएको छ। भारतीय गृहमन्त्री अमित शाह ले हालै देशलाई नक्सलमुक्त घोषणा गरेसँगै दक्षिणी राज्य तेलङ्गानामा ४७ जना विद्रोहीले आत्मसमर्पण गरेका छन्। सन् १९६७ मा नक्सलबारी बाट सुरु भएको यो आन्दोलनले दशकौँसम्म हिंसात्मक रूप लिँदै आएको थियो, जसमा हालसम्म १२ हजारभन्दा बढी विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान गएको छ।

एक समय मध्य भारतका वन क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म सशस्त्र लडाकु सक्रिय रहेको अनुमान गरिए पनि पछिल्ला वर्षहरूमा आन्दोलन निकै कमजोर भएको सुरक्षा निकायले जनाएको छ। अधिकांश शीर्ष नेताहरू आन्दोलनबाट अलग भइसकेका छन् भने बाँकी सदस्यलाई पनि हतियार त्याग्न आग्रह गरिएको छ।

आत्मसमर्पण गर्ने विद्रोहीहरूलाई पुनर्स्थापना कार्यक्रमअन्तर्गत व्यावसायिक तालिम, नयाँ नागरिक पहिचान तथा आर्थिक सहयोग प्रदान गरिनेछ। प्रति व्यक्ति करिब ३,४०० अमेरिकी डलरसम्म सहयोग दिने तयारी गरिएको जनाइएको छ। यद्यपि, विद्रोहीहरूले विगतमा राखेका बारुदी सुरुङ हटाउने काम अझै चुनौतीपूर्ण रहेको सरकारको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?