काव्या स्कुलका ३५ बढी शिक्षकले पाए गुगल सर्टिफाइड एजुकेटर प्रमाणपत्र

काठमाडौँ । प्रविधिमैत्री शिक्षणतर्फ महत्वपूर्ण कदम चाल्दै काव्या स्कुलका ३५ भन्दा बढी शिक्षकहरू गुगल सर्टिफाइड एजुकेटर बनेका छन् । हालै सम्पन्न विशेष तालिमपछि उनीहरूले यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र हासिल गरेका हुन् । विद्यालय परिसरमा आज आयोजित एक औपचारिक कार्यक्रममा नवप्रशिक्षित शिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । उक्त तालिम ‘डिजिटल एन्ड वियोन्ड’ का सह–संस्थापक सगुन ढुङ्गानाले सञ्चालन गरेका थिए ।

प्रशिक्षक ढुङ्गानाका अनुसार शिक्षकहरूले लेभल १ (प्रारम्भिक) र लेभल २ (एड्भान्स) दुवै तहको तालिम सफलतापूर्वक पूरा गरेका छन् ।ढुङ्गानाले भने, “अब शिक्षकहरू गुगलका विभिन्न डिजिटल टुल्स प्रयोग गरी शिक्षण सिकाइ प्रक्रियालाई अझ व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन सक्षम भएका छन् ।” साथै, इच्छुक शिक्षकहरूले भविष्यमा सर्टिफाइड ट्रेनर वा इनोभेटर बन्ने अवसरसमेत पाउनेछन् ।

ढुङ्गानाले वर्तमान सन्दर्भमा प्रविधिको बढ्दो प्रभावबारे उल्लेख गर्दै भने, “आजका विद्यार्थीहरूको हातमा स्मार्ट डिभाइस छ र एआईको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा शिक्षकहरूलाई प्रविधिसँग अभ्यस्त बनाउनु अत्यन्त आवश्यक छ ।”

विद्यालयका प्रिन्सिपल नवराज बास्कोटाले यस तालिमलाई विद्यालयका लागि ठूलो उपलब्धि भएको बताए । उनका अनुसार, यस्तै कोर्सहरू सामान्यतया विदेशमा सशुल्क रूपमा मात्र उपलब्ध हुने गर्छन् । “शिक्षकहरू प्रविधिमैत्री हुँदा कक्षाकोठा पनि आधुनिक बन्छ । जसले विद्यार्थीको सिकाइमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी शिक्षकहरूले पनि अब डिजिटल टुल्सको प्रयोगले पठनपाठन अझ सहज, रोचक र प्रभावकारी हुने बताए । नेपालमा हालसम्म सीमित विद्यालयहरूले मात्र यस्तो प्रकारको प्रविधिमैत्री शिक्षण प्रणाली अवलम्बन गरेका छन् । यस्तो पहलले नेपाली शिक्षा प्रणालीलाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?