काठमाडौँ । भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनको अन्तिम तयारी र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुनेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने यस बैठकमा गृह, रक्षा, परराष्ट्र र अर्थमन्त्रीका साथै प्रधान सेनापतिलगायतको सहभागिता रहनेछ । यसअघि आजै गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको थियो ।














