काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालयमा आगजनी गरेको आरोपमा १३ जनाविरुद्ध मंगलबार मुद्दा दर्ता गरेको छ। गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा भएको विनाशका लागि उनीहरूलाई आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुर लगाइएको छ।
आरोपीहरूले सर्वोच्च अदालतमा मात्रै १ अर्ब २३ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको अभियोग पत्रमा उल्लेख छ। यसैगरी, सिंहदरबार तोडफोड र प्रहरी वृत्त बौद्ध तथा बलम्बु प्रभागमा आगजनी गर्नेहरूविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको छ।














