२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

कालिकोटका जनताले बजेट दिने पहुँच भएको नेता जिताउनुपर्छ : प्रकाण्ड सी

कालिकोट – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा प्रतिनिधिसभा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले कालिकोटका जनताले बजेट माग्दै हिँड्ने होइन, बजेट दिने ठाउँमा पहुँच भएको नेता जिताउनुपर्ने बताएका छन्।

आइतबार खाँडाचक्र नगरपालिकाको सेरा, मटेला, तेस्रो बजार र दाँहामा आयोजित चुनावी प्रचार तथा जनभेटघाट कार्यक्रममा बोल्दै उनले कालिकोटबाट निर्वाचित हुने नेताहरू बजेट माग्न सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए। उनले आफूहरूको राष्ट्रिय राजनीतिमा प्रत्यक्ष पहुँच भएकाले मन्त्री तथा प्रधानमन्त्रीलाई भेट्न महिनौं कुर्नु नपर्ने र विकासका लागि आवश्यक बजेट ल्याउन सहज हुने दाबी गरे।

प्रकाण्डले कालिकोट सामान्य जिल्ला नभई राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने जिल्ला भएको उल्लेख गर्दै आफू २०६४ सालमा संविधानसभामा निर्वाचित हुँदा जनताको संविधान निर्माणका लागि ठूलो संघर्ष गरेको स्मरण गरे। उनले जनताको संविधान निर्माण प्रक्रिया अवरुद्ध गरिएको भन्दै त्यसलाई दुर्भाग्यपूर्ण घटना भएको टिप्पणी गरे।

उनले माओवादी पार्टी र जनयुद्धका उपलब्धिहरूको रक्षा गर्न पार्टीभित्र र बाहिर लामो समय संघर्ष गर्नुपरेको बताए। अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको उल्लेख गर्दै उनले जनताको पक्षमा काम गर्ने नेतृत्वलाई जिताउन मतदातासँग अपिल गरे।

कार्यक्रमका क्रममा मटेलामा स्थानीय बासिन्दाले बाजागाजा सहित प्रकाण्डको स्वागत गरेका थिए भने तेस्रो बजार, सेरा र दाँहामा पनि फूलमाला र अविर लगाएर स्वागत गरिएको थियो। स्थानीयले गुलाफ चिन्हमा मतदान गरेर प्रकाण्डलाई जिताउने प्रतिबद्धता समेत जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?