२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै

काठमाडौँ । चितवनको सौराहामा पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनको आयोजना र युनाइटेड हात्ती सञ्चालन सहकारीको सह–आयोजनामा रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सव हुन लागेको हो ।

पर्यटन प्रवर्द्धन,मानव–वन्यजन्तु सहअस्तित्व र संरक्षण चेतना फैलाउने उद्देश्यले आयोजना हुने महोत्सवमा करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । शोभायात्रा,सांस्कृतिक झाँकी, हात्ती सजावट,भोजन कार्यक्रम र हात्तीमैत्री खेल प्रमुख आकर्षण हुने आयोजकले जनाएको छ ।

महोत्सव अवधिमा सौराहाका होटल तथा रेस्टुराँमा खाना र आवासमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?