२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

तिन मन्त्रीहरुको शपथ आज साढे ११ बजे

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज (सोमबार) हुँदैछ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि बिहान साढे ११ बजे हुने जानकारी दिएको हो । अहिले टेन्ट राख्ने काम भइरहेको छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएका सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेका थिए ।

अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?