२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

ललितको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्वाचित

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अखिल (समाजवादी) को दोस्रो इकाई सम्मेलनले ललित सी को अध्यक्षतामा २३ सदस्यीय नयाँ इकाई समिति निर्वाचित गरेको छ । “सम्पूर्ण विद्यार्थीमा आह्वान, बानेश्वर बहुमुखी क्याम्पसको समग्र विकासका लागि दोस्रो इकाई सम्मेलन”भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले कार्यक्रममा विद्यार्थी आन्दोलनलाई अझ सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।


सम्मेलनका प्रमुख अतिथि अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी ले शिक्षामा बढ्दो निजीकरण, दलालीकरण र माफियाकरणप्रति कडा आपत्ति जनाउँदै शिक्षा समान र निःशुल्क हुनुपर्ने विचार प्रस्तुत गरे। उनले एमसीसीजस्ता सम्झौता र लिपुलेकमा भारत–चीनको दबाबविरुद्ध विद्यार्थी आन्दोलन अग्रपङ्तिमा रहनुपर्ने धारणा राखे ।

त्यस्तै, बागमती प्रदेश सह-इन्चार्ज रमेश सी ले संगठन निरन्तर संघर्षशील ढंगले अघि बढ्ने बताए भने काठमाडौं जिल्ला इन्चार्ज ललिजङ सी ले राज्यले युवालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग राखे। सववियु सभापति भुमिराज अधिकारी ले क्याम्पस सुधारतर्फ निरन्तर अग्रसर रहेको जानकारी दिए। जिल्ला अध्यक्ष प्रेम सी ले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिएका थिए ।

निर्वाचित पदाधिकारीमा
अनिल सी : उपाध्यक्ष,
दिपा सी : सचिव,
अनिता सी : सहसचिव,
रुपेश सी : कोषाध्यक्ष
चयन भएका छन् ।

कार्यक्रमको अध्यक्षता क्याम्पस संयोजक ललित सी ले गरेका थिए भने सञ्चालन कुवेर सी ले र स्वागत मन्तव्य अनिल सी ले गरेका थिए ।

रमेश सी,यसोदा सी,अशोक सी,सतल सी,कविन्द्र सी, निराजन सी,आरके सी लगायतको उपस्थितिले रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?